शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छोडे त्यसैले राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्छ : लिङ्देन

<span class='c1'>शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छोडे त्यसैले</span> <span class='c2'>राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्छ : लिङ्देन</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको शान्ति प्रक्रियामा योगदान पु¥याएबापत राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छाडेको स्मरण गराएका हुन् ।

उनले भने, ‘तपाईहरुले आज राजालाई सम्झिनुपर्ने थियो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने राजाको योगदान छैन ? दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पु¥याए वापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो ।’ उनले भ्रष्टाचार र हिंसा जहिले पनि दण्डित हुनुपर्ने बताए । संसद्मा प्राप्त गणित मात्रै सत्य नहुने बताउँदै उनले बंगलादेशबाट पाठ सिक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्