नेपाल अवसर नै अवसरको देश हो : अभियन्ता भुसाल

<span class='c1'>नेपाल अवसर नै अवसरको देश</span> <span class='c2'>हो : अभियन्ता भुसाल</span>

काठमाडौं । अभियन्ता डा.निकोलस भुसालले पुराना नेताहरुको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् ।

बुधबार माइतिघर मण्डलामा भएको आन्दोलनमा उनले विगत धेरै वर्षदेखि यहीँ दुई चार जना नेताहरुले शासन गरिरहेको भन्दै यीनिहरुको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीलाई ३०, ४० वर्षदेखि यही दुई चार जना नेताहरुले शासन गरिरहेको छ यसलाई रोक्नुपर्छ । यीनिहरुको विकल्प हामीले अब खोज्नुपर्छ ।’
यसको साथै, उनले नेपाल अवसर नै अवसरको देश भएको भन्दै अब सबैजना मिलेर यसलाई बनाउनुपर्ने बताए । उनले भने, ‘यो देश अवसर नै अवसरको देश हो । हामी उठ्नुपर्छ भनेर हामी लागि परेका छौं । यो आन्दोलनलाई सबैले साथ दिएको छ । विस्तारै विस्तारै हाम्रो आन्दोलन बढ्दै छ । काङ्ग्रेस एमालेबाट दिक्क भएर पनि धेरै जना आन्दोलामा सहभागि हुनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्