घाइते कुकुरसँग जन्मदिन मनाउँदै डा. निकिता कार्की

<span class='c1'>घाइते कुकुरसँग जन्मदिन मनाउँदै</span> <span class='c2'>डा. निकिता कार्की</span>

विराटनगर । होटल तथा रेष्टुरामा महँगो खर्च गरेर मनाइने जन्मदिन अहिलेको चलन बनेको छ । तर केहीले यो खर्चलाई राम्रो कामका लागि पनि उपयोग गरेका उदाहरण छन् । कोही वृद्धाआश्रम, बालआश्रम, मानवसेवा आश्रममा त कोही जीवजन्तु पालन तथा पोषण घरमा गएर सहयोग गर्ने गर्छन् ।

त्यस्तै एक उदाहरण हुन् विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डाक्टर निकिता कार्की । उनी पशुपक्षीलाई अत्यधिक माया गर्ने समूहमा पर्छन् । उनले आफ्नो ३३ औँ जन्मदिन घाइते कुकुरहरु संरक्षण तथा उपचार केन्द्रमा गएर मनाएका छन् । बुधबार परेको जन्मदिनमा उनी विराटनगर महानगरपालिका ५ स्थित थानगाछी नजिकैको 'साहारा एनिमल केयर हाउस'मा पुगे । त्यहाँ कुकुरलाई चाहिने खाद्यान्न र भौतिक सामग्रीहरु सहयोग गरे ।

१० बोरा डगफुड, ११ वटा डोनेसन बक्स र जानकारीमूलक ब्रोसर पनि छपाइ दिए । हाल उक्त केन्द्रमा ५५ वटा घाइते तथा रोगी कुकुरहरु छन् । साथै घाइते बिरालो र गाईको बाछो पनि राखिएको छ । ती सबै सडकमा घाइते भई बेवारिसे अवस्थामा थिए । डा. रस्मी थापाले अढाई वर्षदेखि यी जनावरहरूको उपचार र पालन पोषण गर्दै आएकी छिन् । उनी नोबेल हस्पिटलकी स्त्रीरोग विशेषज्ञ हुन् । ५ जना कर्मचारी राखेर यो काम गरिरहेकी छिन्। मासिक १ लाख भन्दा बढी खर्च हुने गरेको र अहिलेसम्म आफ्नै व्यक्तिगत खर्चबाट चलाएको उनले बताइन् ।

डाक्टर निकिताले आफू लामो समयदेखि पशुपक्षीलाई माया गर्ने गरेको बताए । साथीभाइसँग भन्दा यस्ता घाइते कुकुर भएको ठाउँमा आएर सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको उनले सुनाए । डाक्टर निकिता जस्तै अरूले पनि जन्मदिनमा होटल वा पार्टी प्यालेसमा फजुल खर्च गर्नुको सट्टा यी घाइते र रोगी कुकुरहरूलाई सहयोग गरे एउटा पुण्यको काम हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्