राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीसहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची

<span class='c1'>राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीसहित</span> <span class='c2'>मन्त्रीहरूले जवाफ दिने कार्यसूची</span>

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्