आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

<span class='c1'>आज चार संसदीय समितिको बैठक</span> <span class='c2'>बस्दै, यस्ता छन् कार्यसूची</span>

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ ।

दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेश तथा प्रतिवेदन माथि छलफल हुनेछ ।

त्यस्तै दिउँसो ३ बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ । यस्तै दिउँसो ३ बजे नै बस्ने संसदीय सुनुवाइ समितिमा पनि समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्