प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगे

<span class='c1'>प्रसिद्ध धर्मगुरु कालिदास</span> <span class='c2'>बाबा काठमाडौं आइपुगे</span>

काठमाडौं । भारतकै प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगेका छन् ।

अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ-२०८१’मा प्रवचन सुनाउन का लागि गुरु कालिदास बाबा नेपाल आएका हुन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पशुपति कोटीहोम सामेल हुन पाउँदा निकै खुसी लागेको बताए । उनले नेपालमा पाँच दिनसम्म रहने पनि जानकारी दिए । उनले भने,‘मलाई यहाँ आउँदा एकदमै खुःसी लागेको छ । म यहाँ ४-५ दिन रहने छु ।’उनलाई सञ्चारकर्मीहरुले हिन्दीमा नै प्रश्न गरेका थिए, तर उनले जवाफ दिँदै भने,‘म नेपाली हुँ । म नेपालीमा नै बोल्छु ।’

उनलाई श्री १००८ बाबा कालिदास कृष्णानंदन परमहंस जी महाराज धार्मिक नामले बोलाउने गरिन्छ । उनी नेपाली मुलका भारतीय हिन्दु धर्मगुरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्