कोशीमा ‘हेलो सिएम’ कार्यक्रम सुरु

<span class='c1'>कोशीमा ‘हेलो सिएम’</span> <span class='c2'>कार्यक्रम सुरु</span>

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन् ।

गुनासो व्यवस्थापनको लागि भिन्नै कक्ष स्थापना गरिएको छ । जसमा २४ सैं घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो । मुख्यमन्त्री कार्कीले यो सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने दावी गरेका छन् ।

सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम सेवा सञ्चालनमा ल्याएको भनाई छ । सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशन समेत दिएका छन् । कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्