फोहोरले गिज्याई रहेछ विराटनगरको महेन्द्र चौक

<span class='c1'>फोहोरले गिज्याई रहेछ</span> <span class='c2'>विराटनगरको महेन्द्र चौक</span>

प्रेम देवान
विराटनगर । विराटनगरको जनआन्दोलन चौक अर्थात कुनै बेलाको महेन्द्र चौकलाई शहरको मुटु भनेर चिनिन्छ । विराटनगरलाई चिनाउनको लागि महेन्द्र चौकको भूमिका ठूलो छ । कोशी राजमार्ग अन्तर्गत विराटनगर ६, ११ र ९ नम्बर वडाको सीमा महेन्द्र चौकले जोड्छ । पूर्वमा हिमालय रोड, पश्चिममा जनपथ टोल, उत्तरमा बरगाछी र दक्षिणमा बसपार्क रहेको चौक खण्डहर जस्तै बन्न थालेको छ । शहरको केन्द्र मानिने महेन्द्र चौक फोहोरले भरिने गरेको छ ।

फोहोर हुनुको पछाडी विराटनगरका बौद्धिक वर्गको नै हात छ । जनआन्दोलन चौकमा प्रायः राजनैतिक दल, सामाजिक संघ सस्था, मानव अधिकार संघ सस्ंथा, जातिय संघ संस्थाले विभिन्न समयमा विविध कार्यक्रम आयोजना गर्दछन् । कार्यक्रमहरुमध्ये साँझमा दिपप्रज्ज्वलन समेत पर्दछ ।
दिवंगतको स्मृतिमा दिपप्रज्वलन गर्नु राम्रो कार्य हो । तर, दिप प्रज्वलन गरेका सामाग्रीहरु त्यसै छोड्दा यत्रतत्र छरिएर चौकमा फोहोर थुप्रने गरेको हो । खास गरी दिपप्रज्वलन गर्न आम सर्वसाधरण भन्दा पनि विशेष गरी बौद्धिक क्षेत्रका बुद्धीजिवीहरुको सहभागीता हुने गर्छ । उनीहरु पढेलेखेका पनि हुन्छन् । तर उनै पढेलेखेका व्यक्तिहरुबाट यस्ता असुहाउँदो कार्य गरेको देख्दा जो कोहीलाई नराम्रो लाग्छ । विशेषत सामाजिक क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले आफ्नो स्थापना दिवसमा त्यहाँ पुगेर दियो र मैन बत्ती बालेर सफा नगरी हिड्ने गरेका छन् ।
यता विराटनगर महानगरपालिकाले शहरलाई स्वच्छ र सफा नगर बनाउने भनेर लामो समयदेखी कसरत पनि नगरेको भने हैन । महानगरले हरेक दिन जसो विभिन्न सरसफाई गर्ने सस्थाहरुसँग सरसफाई गर्दै आएको छ । तर, त्यही विराटनगरको मुख्य भाग महेन्द्र चौकमा भने हरेक दिन जसो दिप प्रज्वलन गरेर फोहोर बनाउने समुहले सरसफाई गर्नुपर्छ भन्ने ध्यान कहिल्यै दिएन । उक्तबाटो भएर हिड्दा पनि महेन्द्र चौकको बेइज्जत भईरहेको स्थानीय कुलदिप चौधरीले बताए । बाहिरबाट आउने पाहुनाहरुले झट्ट हेर्दा पनि के सोच्लान कमसेकम दिप प्रज्वलन गर्ने संघसस्थाले सोच्नुपर्ने चौधरी सुझाव दिन्छन् ।
दोस्रो जनआन्दोलन अघिसम्म महेन्द्र चौक भनिन्थ्यो । जनाअन्दोलन अगाडी राजा महेन्द्रको सालिक थियो । वरिपरि सानो बगैँचा पनि थियो । तर, अहिले न त राजा महेन्द्रको शालिक नै छ नत बगैँचा नै अहिले त केवल फोहोरै फोहोर अनि विभिन्न खाले नारा र राजनीतिक पार्टीका झन्डाहरूले ’सझिने’ गरेको छ ।

महानगरले यसो गरे कसो होला ?
महेन्द्र चौकमा देखिएको फोहोरबारे विराटनगर महानगरपालिका पनि बेखबर झै भएर बसेको छ । नत महानगरपालिकाको फोहोर व्यावस्थापनले नै सफा गर्छ नत दिप प्रज्वलन गर्ने संघ संस्थाहरुले नै । अब आउने दिनहरुमा दिपप्रज्वलन गर्ने संघ सस्थाहरुले महाननगरसँग अनुमति लिएर मात्रै दिपप्रज्वलन गर्ने अनुमतिको बातावरण मिलाउनुपर्छ । अनुमित वा जानकारी गराउनु अगाडी दिपप्रज्वलन गरिसकेपछि त्यहाँ भएको फोहोर व्यावस्थापन जिम्मा लिने गरी महानगरले यो कदम चाल्यो भने सायद अहिले देखिएको फोहोर महेन्द्र चौक देखिदैन पो थियो की ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्