बाँदरलाई कृषिबाली हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी

<span class='c1'>बाँदरलाई कृषिबाली हानिकारक वन्यजन्तु</span> <span class='c2'>घोषणा गर्ने तयारी</span>

काठमाडौं । सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी थालेको छ ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने विषयमा छलफल समेत भइसकेको छ ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाका अनुसार समितिमा छलफल चलिरहेको छ तर घोषणा भइसकेको छैन् । ‘समितिमा छलफल चलेको हो तर सरकारले घोषणा गरिसकेको छैन् । बँदेललाई गतबर्ष नै घोषणा गरिसकेको हो । बाँदरलाई पनि घोषणा गरिए राजपत्रमा आइहाल्छ नि,’ उनले नेपाल न्यूज बैंकसँग भने ।

कृषि हानिकारक वन्यजन्तु घोषणा गरेपछि किसानले खेतबारीबाट बाँदरलाई धपाउन, लखेट्न, पक्रिन र मार्न पनि सक्ने बताइएको छ । हालको अवस्थामा कुनै पनि वन्यजन्तुलाई लखेट्न, धपाउन, पक्रिन र मार्न कानुन विपरीत मानिन्छ ।सरकारले यसअघि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । यसअघि बाँदर नियन्त्रणका विषयमा तालिम लिन भारत गएका वन र भेटेनरीका प्राविधिकको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको छ ।
बाघ, हात्ती, गैँडा, नीलगाई, चितुवा र बाँदरसहित विभिन्न १६ वटा प्रजातिका वन्यजन्तुले मानवीय तथा भौतिक क्षति पु¥याउने गरेकोले तत्कालै बाँदरको समस्या व्यवस्थापन गर्न सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्