मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ

<span class='c1'>मोरङ र सुनसरीबाट प्रतिबन्धित</span> <span class='c2'>लागुऔषधसहित ४ जना पक्राउ</span>

विराटनगर । मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीलाई मोरङको पथरीशनिश्चरे नगरपालिका-६ भातेगैडा स्थितमा देख्नासाथ को २ ह १६१५ नम्वरको अटोमा लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित औषधी ट्रमाडोल ११०० चक्की र डिकोलिक ६६०० चक्की त्याही फालेर चालक अटो सहित फरार भएकोमा खोजतलाश गर्दै जाने क्रममा अटो चालक पथरीशनिश्चरे –४ का ३२ वर्षीय सिमन परियारलाई राती साढे १० बजे आफ्नै घरमा अटोलाई त्रिपालले छेपेर लुकाई राखेको अवस्थामा प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

यसैगरी प्रहरी चौकी डाँगीहाट मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले हिजो राती साढे ९ बजे बेलबारी नगरपालीका -१० भाउन्नेका २० बर्षीय अर्पण गौतमलाई प्रतिबन्धित औषधी ट्रामाडोल ३९० क्यापसुल र नाईट्राभ्याट १८ ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने जहदा गाउँपालिका-१ का २६ बर्षीय अमित मण्डललाई हिजो प्र १-०४-००१ प ९८०२ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध गाँजा ६ किलो सहित इलाका प्रहरी कार्यालय बुधनगरले नियन्त्रणमा लिएको छ ।

यसैगरी लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-१६ सिर्जनसिल टोलबाट स्थानीय २८ वर्षीय महेन्द्र बन्जरालाई निजकै घरबाट लागुऔषध ब्राउनसुगर २ ग्राम १८० मिलिग्रामसहित हिजो नियन्त्रणमा लिईएको छ ।

प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्