आठ हजार मिटर अग्ला १६ हिमाल आरोहण गर्ने पासाङ नामगेललाई पर्यटनमन्त्रीद्वारा स्वागत

<span class='c1'>आठ हजार मिटर अग्ला १६ हिमाल</span> <span class='c2'>आरोहण गर्ने पासाङ नामगेललाई पर्यटनमन्त्रीद्वारा स्वागत</span>

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किँएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन् ।

मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गरेका हुन् ।

सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकको एउटै सिजनमा दुई पटक आरोहण गरेका थिए । मन्त्री पाण्डेसँगको भेटमा शेर्पाले सरकारले कल्याणकारी कोषको स्थापना गरिदिनु पर्ने धारणा व्यक्त गरेका छन् । उनले हिमालमा हुने दुर्घटनाहरूमा हेलि रेस्कु हुन गाह्रो हुने बताउँदै त्यसबारे आवश्यक प्रबन्ध गरिदिन र विदेशी आरोहीलाई क्याम टु–बाट आठ केजी फोहर अनिवार्य ल्याउनुपर्ने प्रावधान भएकाले त्यसलाई सहज बनाईदिन अनुरोध पनि गरेका छन् । मन्त्री पाण्डेले आरोहीहरूको कल्याणकारी कोष स्थापना र फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्ने विश्वास दिलाएका छन् ।

५२ वर्षीय शेर्पा इमाजिन नेपाल ट्रेक्स कम्पनीका वरिष्ठ पर्वतारोहीको रूपमा चिनिन्छन् । उनले सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से शार दुवै चुचुरोसँगै आरोहण गरेका थिए । शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा चुचुरो र यालुङ खाङ र ल्होत्से शार गरी १६ वटा चुचुरोमा पाइला टेक्न सफल भएका छन् । कोरियाका अम होंङ गिलपछि शेर्पा १६ वटा चुचुरोहरुमा पाइला टेक्ने देस्रो व्यक्ति हुन् । साथै नेपालबाट १६ वटा चुचुरोमा पाइला टेक्न पहिलो भएको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्