मूल्य तेजी–कारोबार मन्दी : विराटनगरका सुन व्यापारी चिन्तित

<span class='c1'>मूल्य तेजी–कारोबार मन्दी :</span> <span class='c2'>विराटनगरका सुन व्यापारी चिन्तित</span>

इन्दु साह
विराटनगर । पछिल्लो समय सुनको बढ्दो मूल्यका कारण कारोबारमा देखिएको मन्दी व्यापारीहरुका लागि पीडादायी बनेको छ । कमजोर आर्थिक गतिविधि भईरहेका बेला सुनको मूल्य बृद्धि भएपछि कारोबार भने घटेको हो ।
विराटनगर ९ स्थित ठाकुरबाडी रोडको सुन बजार सुनसान छ । चाडपर्व नजिकिँदै गर्दा समेत बजारमा चहलपहल नदेखिएको व्यापारीहरूले बताएका छन्। उनीहरुका अनुसार अब तीजलाई लक्षित गरेर दिनुपर्ने गहनाको अर्डर समेत अहिलेसम्म कहिंकर्तबाट आएको छैन ।
विकी ज्वेलर्सका सञ्चालक बिक्की वर्माले १५ वर्षको व्यापार अनुभवमा यस वर्ष जस्तो मन्दी कहिल्यै नदेखेको बताए। दिनभरि मोबाइल चलाएर समय बिताउनु परेको छ उनले भने। मङ्गला ज्वेलर्सका सन पालका अनुसार ग्राहकहरू सुन किन्न भन्दा बेच्न बढी आउन थालेका छन्।
यस्तै २५ वर्षदेखि व्यापार गर्दै आएका राजगह राजगहना घरका सञ्चालक कौशल किशोर शाहले भने व्यापारमा खडेरी छाएको छ । व्यापारीहरूका अनुसार पहिले रहरले सुन किन्ने ग्राहकहरू अहिले बाध्यताले मात्र किन्न आउँछन्। उपहारको रूपमा सुन किन्ने चलन पनि घटेको छ। हाल विवाहको समयमा मात्र सुनको बिक्री केही बढ्ने गरेको छ।
सुनचाँदी ब्यापार संघका अध्यक्ष शसिभुषणका अनुसार व्यापारीहरु व्यापार नभएकाले चिन्तामा परेको बताउँछन् । कतिपय व्यापारीले त सटर नै बन्द गर्नुपर्ने स्थिति आएको बताएका छन् । अहिलेको व्यापारीहरुको अवस्था सटर खोलेर बस्ने काम मात्र भएको छ । सुनचाँदी व्यापार संघमा जम्मा १६० व्यापारी सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्