काँग्रेस नेता शेखर कोइराला बुढीगंगाको स्वास्थ्य शिविरमा चिकित्सकीय पेसामा

<span class='c1'>काँग्रेस नेता शेखर कोइराला बुढीगंगाको</span> <span class='c2'>स्वास्थ्य शिविरमा चिकित्सकीय पेसामा</span>

विराटनगर । नोना कोइराला प्रतिष्ठानले मोरङको बुढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा काँग्रेस नेता डा.शेखर कोइरालाले आफैं बिरामीको स्वास्थ्य चेकजाँच गरेका छन् ।
बुढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको उद्घाटनका क्रममा उनले बिरामीको स्वास्थ्य चेकजाँच गरेर प्रारम्भ गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दा बिरामीहरु अस्पताल जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले नोना कोइराला प्रतिष्ठानले विगतदेखि नै जनताको स्वास्थ्यप्रति सचेत रहँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिए । उनले जनताहरुले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेको बताए । ‘अहिले जनताले गाउँघरमै स्वास्थ्य र शिक्षाको सहज पहुँच चाहिरहेका छन् ।

शिविरमा मृगौला, मुटु, मधुमेहलगायतका रोगको परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा जटिल समस्या देखिएका बिरामीलाई अस्पतालमा उपचारको समेत व्यवस्था मिलाएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै शिविरमा इको, इसीजी, फोक्सो, उच्च रक्तचापसँग सम्बन्धित सबै किसिमको ल्याब सेवा समेत प्रदान गरिएको थियो ।

शिविरमा औषधिसमेत निःशुल्क रुपमा वितरण गरिएको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए । अस्पतालमा गएर चेकजाँच गर्दा कम्तीमा ७ हजार रुपैयाँ खर्च लाग्ने चेकजाँच र उपचार प्रतिष्ठानले निःशुल्क गरेको उनको भनाइ छ । प्रतिष्ठानले हरेक वर्ष स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गत वर्ष बूढीगंगाकै वडा नम्बर २, ४ र ६ नम्बरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यस आर्थिक वर्षको पहिलो शिविरमा ५ सय १७ जनाले स्वास्थ्य सेवा लिएको महासचिव श्रीवास्तवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्