झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा आएको होइन् : मन्त्री सिंह

<span class='c1'>झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा</span> <span class='c2'>आएको होइन् : मन्त्री सिंह</span>

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुनेगरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् ।

शनिबार काठमाडौं क्षेत्र नं १ मा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएको खुशी पनि साटे । उनले क्षेत्रबासी सबैलाई बधाई दिए ।

झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा लागेको होइन । देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएका हौं,’ उपप्रधानमन्त्री सिंहले भने,‘आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हो । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको छ ।’ उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए । उपप्रधानमन्त्री सिंहले काठमाडौँको क्षेत्र नम्बर १ को विकास निर्माणका काममा समेत प्रभावकारिताका साथ अघि बढाउने प्रतिबद्धता पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्