कांग्रेस–एमालको गठबन्धन सरकारप्रति विश्वास छैन : भीम रावल

<span class='c1'>कांग्रेस–एमालको गठबन्धन सरकारप्रति विश्वास</span> <span class='c2'>छैन : भीम रावल</span>

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताएका हुन् ।

‘नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलहरुले निश्चित दर्शन, कार्यक्रम र नीतिको आधारमा आफूलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ र यो प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो । यो बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा विपरीत सिद्धान्त भएका दुई ठूला राजनीतिक दलहरु एक ठाउँमा आइसकेपछि उनीहरुले के गर्छन् ? भन्ने कुरा साह्रै महत्वपूर्ण हुन्छ । यो सामान्य राजनीतिक प्रक्रियामा राजनीतिक दलहरुले जनताको बीचमा गएर आफन कार्यक्रम, नीति र सिद्धान्त अगाडि सार्ने र जनताको मत माग्ने । जसले बहुमत ल्याउँछ उसले सरकार बनाउँछ । कसैले बहुमत ल्याएन भने त्यस्तो अवस्थामा विचार मिल्ने दलहरु मिलेर सरकार गठन गर्छन् । यो सामान्य नेपालको संविधानमा परिकल्पना गरिएको कुरा हो,’ उनले भने । विपरीत सिद्धान्त भएका दुई ठूला दलहरुले सरकार बनाएकाले यी दलले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमता, क्षत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन कि गर्दैनन् भन्ने कुरा परीक्षाको रुपमा रहेको उनको भनाइ छ ।

त्यस्तै, संविधानको मर्मविपरीत समानुपातिक प्रणालीको अभ्यास भइरहेको उनले बताए । अहिले समानुपातिकको नाममा श्रीमती, आफन्त र पैसा दिने मान्छेहरुलाई दलहरुले सांसद बनाइरहेको उनको भनाइ छ । समानुपातिक प्रणालीको यसैगरी गलत अभ्यास गरिरहने हो भने खारेज गरिनु उपयुक्त हुने नेता रावलको सुझाव छ । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि गणतन्त्र र संविधानको समावेशी, समानुपातिक प्रणालीमा केही पनि नगरी संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले एमाले–कांग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रष्ट भएको बताए ।
एमाले–कांग्रेस गठबन्धन सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने उनको ठोकुवा छ । ओली दुई वर्षका लागिमात्रै प्रधानमन्त्री बनेको र प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीम्म भागबण्डामा रहेको र निश्चित समयपछि परिवर्तन हुने बताउँदै उनले त्यसलाई राजनीतिक स्थायित्व भन्न नसकिने बताए । कांग्रेस–एमालेले भनेको राजनीतिक स्थायित्व व्यवहारमा प्रमाणित नहुने उनको दाबी छ ।

त्यस्तै, कांग्रेस–एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नै नरहेको उनको दाबी छ । पहिला एमाले–कांग्रेस एकअर्काको विरोधी रहेको स्मरण गराउँदै अब विरोध गर्ने ठाउँ सकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्