विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको शाखा संचालनमा

<span class='c1'>विराटनगरमा ब्रिज इन्टरनेशनल</span> <span class='c2'>कन्सल्टेन्सीको शाखा संचालनमा</span>

विराटनगर । विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको शाखा कार्यालय संचालनमा आएको छ ।

विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी संचालनमा आएको हो ।

ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले गरे । यही महिना भित्रमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको शाखा नेपालगन्ज, धुलाबारी र काठमाडौमा खुल्नेछ । अहिले देशभरीमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको शाखा ११ वटा रहेको छ । विराटनगरमा खुलेको पालको छैठौं शाखा हो । विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परार्मश ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले बिगत ९ वर्षदेखि दिदै आएको कार्यकारी अध्यक्ष भुवन गिरीले जानकारी दिए । अहिले ७ वटा देशमा विद्यार्थी अध्ययनको लागि पठाउँदै आएको उनले बताए । हाल अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, डनेमार्क, अमेरिका, क्यानडालगायतको देशमा विद्यार्थी जाने गरेका छन् । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीबाट जाने विद्यार्थीको रोजगारीको सुनिश्चितता गिरदै आएको छ ।

अहिलेसम्म ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीबाट १० हजार बढी विद्यार्थी विदेश अध्ययनको लागि पठाएको उनले बताए । बढी अस्ट्रेलिया, युके, क्यानडा जाने गरेका छन् । ‘यो बर्षमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको देशभरीमा पाँच शाखा कार्यालयहरु खुलेको छ । विद्यार्थीलाई हामी अतिरिक्त सुविधा दिने गरिएको छ । उनीहरुलाई पिकअपदेखि सम्पूर्ण सुविधा दिने गरेका छन् । ट्राभल्स काड देखि रोजगारिको लागि सहयोग गरिन्छ,’ उनले भने । कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले विद्यार्थीलाई राम्रो शैक्षिक परार्मश दिनको लागि ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको भूमिका ठूलो रहेको बताए । सहि तरिकाले परामर्श दिएर विद्यार्थीलाई अगाडी बढनुपर्ने उनले बताए ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मेरील्याण्ड कलेजका प्रिन्पिसल लक्ष्मण ढकाल, शिक्षादीपक कलेजका व्यवस्थापन संकायका प्रमुख शैलेन्द्र सिवाकोटी लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा चर्चित गायक हिमाल सागरले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी सहभागि भएका विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्