जलस्रोत विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफल

<span class='c1'>जलस्रोत विधेयकमाथि संशोधनकर्ता</span> <span class='c2'>सांसदहरुसँग छलफल</span>

काठमाडौँ । पूर्वाधार विकास समितिको बैठकले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ ।

आइतबार सिंहदरवारस्थित समिति सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा भएको छलफलमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र संशोधनकर्ता सांसदहरुसँग छलफल भएको हो ।

बैठकमा, संशोधनकर्ता सांसद दिलेन्द्र बडुले अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन पनि नीजि क्षेत्रलाई बनाउन दिने हो भने धेरै छिटो बन्ने धारणा राखे । धेरै सस्तो र उत्पादनमा लागत कम लाग्ने भन्दै त्यसलाई नीतिगत सिफारिस गरी एउटा बुँदामा थप्नुपर्ने माग राखे । उनले भने,‘अब अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन पनि नीजि क्षेत्रलाई बनाउन दिने हो भने धेरै छिटो बन्छ । धेरै सस्तो पनि बन्छ । उत्पादनमा हामीले यसलाई किन नराख्ने ? यो नीति भित्र किन नराख्ने ? नीतिगत सिफारिस गर्नुपर्छ । यो विषय छुटेको छ । त्यसैले जस्ताको त्यस्तै एउटा बुँदा थप्नुपर्छ ।’

संशोधनकर्ता सांसदहरुहरुले जलवायु परिवर्तनका विषयलाई गम्भीर रुपमा लिएर वातावरणीय जोखिमलाई कम गर्दै स्थानीय हितलाई ध्यान दिई विधेयक बनाउनुपर्ने धारणा राखे । साथै सांसदहरुले स्वदेशी तथा विदेशी लगानी ल्याउन ऐनले सहयोग गर्ने भएपनि जलस्रोतसँग सम्बन्धित परियोजना कार्यान्वयन गर्दा अन्य ऐनसँग नबाझिने गरी बनाउनुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्