विराटनगर महानगरपालिकाको डि–प्लट भवनको भाडा नतिरी भागे व्यापारी, जीर्ण भएपछि भत्काउने तयारी

<span class='c1'>विराटनगर महानगरपालिकाको डि–प्लट भवनको भाडा नतिरी</span> <span class='c2'>भागे व्यापारी, जीर्ण भएपछि भत्काउने तयारी</span>

इन्दु साह
विराटनगर । विराटनगर ९ स्थित महानगरपालिकाको डि–प्लटमा भएको संरचना भत्काईने भएको छ । ५० वर्ष भन्दा पुरानो भवन जिर्ण भएर खतरा अवस्थामा भएकोले भत्काईने भएको हो ।

महानगरको व्यावसायिक भवन डि प्लटका सटरहरु मासिक १३ हजार देखि एकलाख ३८ हजार रुपैयाँसम्म भाडामा लाग्दै आएको थियो । राजस्व साखा प्रमुख सरोज गौतमका अनुसार उक्त भवन पुरानो भएपछि भत्काउन र नयाँ संरचना बनाउन महानगरले बजेट समेत छुट्याको छ । संरचना भत्काउन महानगर टेन्डर आहावान गर्ने प्रकृयामा रहेको छ । यस भवनमा २० वटा सटर रहेका छन् । जसमध्ये १० वटा सटरका कोठा अति जिर्ण भएका थिए ।

सबै सटरमा भएका व्यापार अन्यत्र सारीएको छ । यस क्रकमा कतिपय व्यापारीले महानगरको उक्त सटरको भडा नतिरी गएका छन् । राजस्व शाखा प्रमुखका अनुसार १ वर्ष भन्दा बढि समयको भाडा व्यापारीले दिन अटेर गरेका हुन् । कपडा, सुनचाँदी, धागो, घडी बनाउने, कुकर मर्मत गर्ने, स्वीट बिक्री लगायतका व्यापार गर्ने व्यापारीहरुले यस भवनमा थिए । उनीहरुले ३ लाख देखि १६ लाखसम्म भाडा तिर्न बाकी रहेको छ ।

गौतमका अनुसार ति व्यापारीहरुबाट जम्मा ३० लाख भाडा उठाउन बाँकी रहेको छ । व्यापारीहरुले व्यापार नभएको कारण देखाउदै भाडाबाट जोगीने गरेको उनले बताए । बुधहाट चोकमा महानगरका चारवटा प्लटहरु छन् । ए र बी प्लट नगर पार्कका लागि खाली गराइएको छ । सी प्लटमा व्यावसायिक भवन छ । डी प्लटमा पुरानो र ई प्लट पुरानो गुद्रीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्