विराटनगरमा ७ दिने एआई तालिम सम्पन्न , उपलब्धी मुलक रहेको प्राध्यापकहरुको ठहर

<span class='c1'>विराटनगरमा ७ दिने एआई तालिम सम्पन्न</span> <span class='c2'>, उपलब्धी मुलक रहेको प्राध्यापकहरुको ठहर</span>

विराटनगर । विराटनगर–३ स्थित पूर्वाञ्चल विश्वविद्यालय विज्ञान एवं प्रविधि संकायले साउन २८ गते सोमबारदेखि संचालनमा ल्याएको कृत्रिम बौद्धिकता अर्थात एआईमा आधारित तालिम उपलब्धीमूलक रहेको ठहर गरिएको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरि तालिमको समापन गरिएको थियो । वैश्विक परिवेशमा विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूका संकाय र जनशक्तिलाई एआई र यसको उपयोगिताबारे जानकार एवं दक्ष बनाउन तालिमलाई संचालनमा ल्याइएको थियो । जनशक्तिलाई अनुसन्धान, खोज र विकासमा केन्द्रित गराउने गरी काठमाडौ विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा र फ्युज मेशिनका राजेश शिखरले सहभागीहरूलाई एआई सम्बन्धी विस्तृत र व्यापक तालिम प्रदान गरेका थिए ।


कार्यक्रममा बोल्दै सहभागीमध्येबाट गोपालप्रसाद शर्माले आफूहरू नविनतम प्रविधिको प्रयोगबाट कति टाढा रहेको भन्ने बारे थाह पाएको बताए । उनले यसखाले सघन तालिममा जोड दिए । यस्तै कविता अधिकारीले ७ दिनमा सिकेका कुरालाई व्यवहारमा उतार्न आवश्यक रहेको बताइन् । पुसेटका निर्देशक नरेशकुमार साहले तालिममा सिकेका औजार, विधि एवं प्रविधिलाई रिसर्च एवं जर्नल लेख्न र प्रकासित गर्न प्रयोग गर्नु पर्नेमा जोड दिए ।


वरीष्ठ प्राध्यापक राजेशकुमार ठाकुरले अनुसन्धानको पाटोलाई तिव्रता प्रदान गर्न एआई महत्वपूर्ण हुने बताए । उनले एआईको अत्याधिक प्रयोगले रोजगारीमा संकट उत्पन्न गराउन सक्ने गुनासो गरे । प्राध्यापक यज्ञप्रसाद जमरकट्टेलले तालिमलाई अनुसन्धान र शैक्षिक गतिविधिमा उपयोग गर्नु पर्ने बताए । पुसेटका सह–डीन एवं तालिम समन्वयक मनोजकुमार हलुवाईले पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा जर्नल प्रकाशनबाट चिनिनु पर्ने बताए । उनले पूर्वाञ्चल विश्वविद्यालयको अनुसन्धान र खोजमा आधारित पठनपाठन संस्कृतिको दिगो विकासमा जोड दिए ।
प्रशिक्षक सुदन झाले एआईमा ‘कमन सेन्स’ नहुनाले समाजको अधिकतम हितका लागि मानिसले आफ्नो कमन सेन्स प्रयोग गरेर एआईको अधिकतम उपयोग गर्नु पर्नेमा जोड दिए । पुसेटका डीन एवं निमित्त उपकुलपति डा. पवनकुमार झाले प्रशिक्षार्थीमा एआईलाई लिएर व्यापक कौतुहलता र उत्साह पाएको बताए । तालिममा पूविका आंगिक क्याम्पस आवद्ध ५७ प्राध्यापकको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्