परराष्ट्रमन्त्री राणाले आज भारतीय विदेशमन्त्री र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै

<span class='c1'>परराष्ट्रमन्त्री राणाले आज भारतीय विदेशमन्त्री</span> <span class='c2'>र प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै</span>

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय समकक्षी एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्ग भेटवार्ता गर्ने भएकी छिन् ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो ।

देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज समेत आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्