सुनसरीमा ज्ञानसन ऋषिदेवको हत्या,एक जना प्रहरीको नियन्त्रणमा

<span class='c1'>सुनसरीमा ज्ञानसन ऋषिदेवको हत्या,एक</span> <span class='c2'>जना प्रहरीको नियन्त्रणमा</span>

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । उक्त घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

सोमबार बिहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ऋषिदेवको घाटीदेखि मुनिका भाग एक ठाउँमा र टाउको अर्को ठाउँमा भेटिएको छ । प्रहरीले सुरुमा घाटीदेखिको मुनिको भाग मात्र भेटेको थियो । अनुसन्धान गर्दै गएपछि घाटीदेखि मुनिको भाग भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउँको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

ऋषिदेव रिङ बनाउने काम गर्दछन् । उनले रिङ बनाउने ठाउँमा शव भेटिएको हो । उक्त घटनामा संग्लगन एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भिम दाहालले पुष्टि गरेका छन् । नियन्त्रणमा लिएको व्यक्तिले लगाएको कपडामा रगत लतपतिएको छ । उनको ना मभने अहिले गोप्य राखिएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्