निरन्तर निगरानीले हेलमेटमा पनि छिपेन ब्राउन सुगर

<span class='c1'>निरन्तर निगरानीले हेलमेटमा पनि</span> <span class='c2'>छिपेन ब्राउन सुगर</span>

विराटनगर । संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर २ का रोशन ओझालाई केहि समयदेखि लागु औषध कारोबार गरिरहेको शंका लागेर प्रहरीले निगरानी गर्दै आएको थियो ।

गोप्य सूचनाको आधारमा प्रहरीले उनीमाथि गरिरहेको निगरानी अनुसार साउन १ गते उनी आफ्नो हेलमेटमा लागुऔषध लुकाएर धनकुटाबाट संखुवासभा जाँने क्रममा पक्राउ परे । लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम उनीमाथि अहिले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी संखुवासभाका प्रहरी निरीक्षक राम कुमार लामिछाने जानकारी दिएका छन् ।

बिशेष सूचनाको आधारमा धर्मदेवी नगरपालिका वडा नम्बर–८ केवाबेशी स्थित उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत रहेको अस्थायी प्रहरी चौकी केवाबेशी, संखुवासभाको प्रहरी चेकिङमा उनी पक्राउ परेका थिए । बेलुका ८ बजे धनकुटाबाट खाँदबारीतर्फ जाने क्रममा को २० प १८८ नम्बरको निलोकालो रङ्गको २२० सी.सी. पल्सर मोटरसाईकललाई प्रहरीले चकेजाँच गरेको थियो । उनले हेल्मेटको भित्री भागमा रहेको फम भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको ब्राउन सुगर प्रहरीले बरामद गरेको थियो ।

४४ वर्षीय ओझाको साथबाट २१.२४० ग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने बस्तु, नगद २६ हजार २३० समेत बरामद भएको थियो । प्रहरीले उनीमाथि बारम्बार गरिरहेको निगरानीका आधारमा उनले हेलमेलमा राखेको ब्राउन सुगर समेत छिपाउन नसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्