विराटनगरमा नेवारी समुदायले मनाए गाईजात्रा (फोटो फिचर )

<span class='c1'>विराटनगरमा नेवारी समुदायले मनाए</span> <span class='c2'>गाईजात्रा (फोटो फिचर )</span>

विराटनगर । झीःपुच विराटनगरले गाईजात्रा पर्व विराटनगरमा भव्य रुपमा मनाएका छन् । विराटनगरमा मंगलबार विहान सामुहिक गाईजात्रा निकालेर नगरपरिक्रमा समेत गरेको छ । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ ।

एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व विराटनगरमा मंगलबार मनाएको हो । झी ः पुच विराटनगरको संयोजनामा झी ः पुच परिसरबाट निकालेको गाईजात्रा विराटनगर १ राधाकृष्ण मन्दिरमा पुगेर सम्पन्न भएको थियो । दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।


सहरमा गाई पाल्नेहरूले भने गाईलाई सिँगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा र लाखे सहित नगर परिक्रमा गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्