मोरङमा एकवर्षमा दुईहजार २०५ दुर्घटना, मोटरसाइकलको संख्या धेरै

<span class='c1'>मोरङमा एकवर्षमा दुईहजार २०५</span> <span class='c2'>दुर्घटना, मोटरसाइकलको संख्या धेरै</span>

इशु पन्त
विराटनगर । मोरङमा एक वर्षको अवधीमा मात्रै दुई हजार २०५ दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी मोरङको तथ्यांक अनुसार ट्रक, टिपर, बस, माईक्रोबस, मोटरसाइकल, टेम्पु, र अन्य सवारी साधनहरु छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । एकवर्षमा एक हजार २७५ मोटरसाइकल दुर्घटना भएका छन् ।

आर्थिक वर्ष २०८०÷२०८१ को साउन देखि असारसम्मको १२ महिनामा ६१ ट्रक, २७ टिपर, ८६ बस, १४ माईक्रोबस, १९३ जीपकार, ४५ ट्रयाक्टर, २५६ टेम्पु, एक हजार २७५ मोटरसाइकल र अन्य सवारी साधन दुर्घटनामा परेका हुन् ।

खराब बाटो, भीडबाड, उपकरण बिग्रेको, लुकिङ ग्लासको प्रयोग नगर्ने गर्दा, पैदल यात्रुले हतारमा बाटो काट्दा,मादक पदार्थ प्रयोग गरेर सवारी साधन चलाउँदा मोरङमा बढी दुर्घट्ना हुने गरेका छन् । ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेका अनुसार ५० प्रतिशत भन्दा बढी तिब्र गति हँकाइका कारण दुर्घटना हुने गरेका छन् ।

वर्षभरि विभिन्न प्रकारका सवारी साधनमा भएका दुर्घटनामा ११७ को मृत्यु भएको छ । जसमा ९ जना पुरुष, १५ जना महिला र बालबालिका सातजना रहेका छन् । यसैगरी दुर्घटनामा २६८ जना शख्त घाईते भएका छन् । जसमा २०५ जना पुरुष, ४५ जना महिला १७ जना बालबालिका रहेका छन् । दुर्घटनामा एक हजार ९९० जना सामान्य घाईते भएका छन् । दुर्घटनामा मासिक ७५ लाखदेखि ९८ लाख सम्म क्षति हुने अनुमान गरिएको छ । वार्षिक चार करोड बढी क्षति हुदै आएको ट्राफिक प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्