रास्वपाले निलम्बित महामन्त्री ढकाललाई फेरि स्पष्टीकरण सोध्ने

<span class='c1'>रास्वपाले निलम्बित महामन्त्री ढकाललाई</span> <span class='c2'>फेरि स्पष्टीकरण सोध्ने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

उनले भने, ‘हामि राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको कमलादी प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय भेलाको तयारीका लागि हामी सबै जुटेका छौं, आयोजक केन्द्रीय समितिलाई नै मानिने छ , त्यसअन्र्तगत उपसमितिहरु बन्ने छन् ।’
राष्ट्रिय भेलाको तयारीका लागि सातै प्रदेशमा कार्यकर्तासँग छलफल गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने जनाएको छ । प्रवक्ता झाले रिक्त रहेका सबै पदमा उम्मेदवारी दिएर उप नर्वाचनमा भाग लने निर्णय भएको जानकारी दिए ।
‘रास्वपा उपनिर्वाचनमा सहभागी हुनेछ, हामी भाग लिनेछौँ । त्यसका लागि आजको बैठकमा व्यापक छलफल भएको छ,’ उनले भने ।
साथै रास्वपाले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आजको बैठकले ढकाललाई एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्