राधाकृष्ण रथयात्रा : यी स्थानमा विश्राम हुनेछ रथ (स्थानसहित)

<span class='c1'>राधाकृष्ण रथयात्रा : यी स्थानमा</span> <span class='c2'>विश्राम हुनेछ रथ (स्थानसहित)</span>

विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको रथयात्रा ४३ स्थानमा विश्राम गरिने भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट निकालीने एसिया कै दोस्रो ठुलो राधाकृष्ण रथयात्राको विश्राम गर्ने स्थानहरुको तय समेत भईसकेको छ ।

श्री राधाकृष्णा रथयात्रा समारोह रथ संचालन उपसमिति संयोजक सुरेश जैसवालका अनुसार यस पटकको रथयात्रालाई विराटनगरको मुख्य ४३ स्थानमा विश्राम गराउदै पुन: मन्दिरमा पुर्याएर विर्सजन गरिनेछ । राधाकृष्ण मन्दिरबाट रथको प्रस्थान गरी मेनरोड हुदै रोडशेषबाट धरान रोड हुदै बरगाछीबाट पुन: मन्दिरमा ल्याएर विर्सजन गरिने भएको छ । ५६ औं संस्करणको रथयात्राको तयारीका कामहरु अहिले रथायात्रा संचालन मूल समारोह समितिले अहिले रथको रंगरोगनदेखी रथयात्रा संचालन गर्ने रुटको संरचना , बिजुलीका तारहरु व्यवस्थित गर्नेदेखी सुरक्षा व्यवस्थापनको कामहरु अहिले धमाधम गरिरहेको छ । यसैबिच आयोजक समितिले बिहीबार बिहान ९ बजे रथयात्रा संचालन बारे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
रथ यात्रालाई व्यापक बनाउनको लागि ५०१ सदस्यीय मूल समारोह समिति गठन १८ उपसमिति बनाईसकेको राधाकृष्ण मन्दिर कार्यसमिति अध्यक्ष कैलाश रेग्मीले आवर विराटनरलाई जानकारी दिए ।

रथ यी स्थानहरुमा विश्राम गरिने छ :
१) राधाकृष्ण मन्दिरबाट रथ प्रस्थान
२) तीनपैनी चौक
३) धनावत निवास अगाडी
४) शंकरपुर जाने मोड
५) विराटेश्वर महादेव मन्दिर
६) महानगरपालिका चौक
७) गोल्छा चौक
८) वडा प्रहरी कार्यालय
९) सत्यनारायण मन्दिर
१०) सातघुम्ती मोड
११) जैन भवन
१२) लक्ष्मी सनराइज बैंक
१३) जलजला मोड
१४) काली मन्दिर
१५) बाटा गल्ली चौक
१६) पञ्चमुखी हनुमान मन्दिर
१७) राष्ट्रिय वाणीज्य बैंक
१८) कर कार्यालय
१९) ट्राफिक चौक
२०) संसारी माईस्थान
२१) एक्वा पार्क जाने मोड
२२) भूमि प्रशासन चौक
२३) रोडशेष चौक
२४) कलेज मोड
२५) बसपार्क
२६) महेन्द्र चौक
२७) एनआईडोसी भवन अगाडी
२८) सरौचिया चौक
२९) महाबीर रोड चौक
३०) शनिमन्दिर चौक
३१) भाटभटेनी सुपरमार्केट अगाडी
३२) शिवमन्दिर चौक
३३) सत्यनारायण मा.वि.
३४) भृकुटी चोक
३५) बिद्युत प्राधिकरण
३६ ) विराट नर्सिङ होम चौक
३७) मुनालपथ चौक
३८) बरगाछी चौक
३९ ) बासुकीनाथ मन्दिर मोड
४०) शंखरपुर जाने बाटो मोड
४१) दुर्गा चौक
४२) पानी ट्यांकी चौक
४३) राधाकृष्ण मन्दिरमा रथ विश्राम

वि.सं. १९८८ देखि भगवान राधाकृष्णको प्रतिमालाई खटमा राखेर खटयात्राको स्वरूपबाट विराटनगर परिक्रमाको शुभारम्भ गरिएको थियो । पछि वि.संं. २०२५ सालमा विशाल र अग्लो रथको निर्माण गरी सोही रथमा भगवान राधाकृष्णको प्रतिमालाई आरूढ गराई लाखौ भक्तजनको सहभागितामा प्रत्येक वर्ष रथयात्रा निकाल्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्