ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा छ : अर्थमन्त्री

<span class='c1'>ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको</span> <span class='c2'>उच्च प्राथमिकतामा छ : अर्थमन्त्री</span>

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा इप्पानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाईनको अभावले विद्युत आपूर्तिमा समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘हामी अहिले पछिल्ला दिनहरुमा ट्रान्समिसन लाईनको अभावले गर्दा विद्युत उत्पादन भएतापनि आपूर्तिमा भने समस्याहरु देख्ने गरेका छन् । त्यसैले ट्रान्समिसन लाईनको निर्माण विद्युत विकासको सन्दर्भमा उच्च प्राथमिकताको विषय हो । यसका निम्ति राज्यको ध्यान यदि विगतमा यथोचित मात्रामा भएको थिएन भने पनि आउँने दिनमा पुग्ने छ । ट्रान्समिसन लाईनको अभावले भएको समस्या अब निरन्तर हुँदैन् ।’

उनले नेपालमा रहेको प्राकृतिक स्रोतहरुमध्य जलस्रोत अत्यन्तै महत्वपूर्ण स्रोत भएकाले यसलाई देशको समृद्धि, विकास र नेपालको उज्जवल भविष्यको लागि अधिकतम रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालसँग भएको प्राकृतिक स्रोतमा पनि जलस्रोत अत्यन्तै महत्वपूर्ण प्राकृतिक स्रोत हो, प्राकृतिक सम्पदा हो । यो प्राकृतिक स्रोतलाई हाम्रो देशको समृद्धिको लागि हाम्रो विकासको लागि र नेपालको उज्जवल भविष्यको लागि अत्याधिक र अधिकतम रुपमा सदुपयोग गर्नुपर्छ ।

उनले पहिलो प्राथमिकता आन्तरिक खपत नै हुनुपर्ने भन्दै आन्तरिक खपतबाट बाकी रहेको विद्युत मात्र बेच्ने नीति हुनु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्