हिमताल विस्फोटको कारण नै सोलुखुम्बुमा बाढी आएको हो : कार्यकारी प्रमुख पोखरेल

<span class='c1'>हिमताल विस्फोटको कारण नै सोलुखुम्बुमा बाढी</span> <span class='c2'>आएको हो : कार्यकारी प्रमुख पोखरेल</span>

काठमाडौं । राष्ट्रिय विपद् जोखिक न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सोलुखुम्बु जिल्लाको खुम्बु पासावन्हामु गाउँपालिका–५ बानेखोलामा आएको भीषण बाढी धामे बजारबाट करिब नौ किलोमिटर माथि रहेका दुईवटा हिमताल विस्फोटका कारण भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले लगातारको पानी र तापक्रम बढ्नाको कारणले गर्दा दुईवटा हिमताल विस्फोट भएको र घट्ना घटेको बताए । उनले भने, ‘तापक्रम वृद्धि कै कारणले त्यो घटना घटेको हो त्यसमा दुईमत छैन् । वर्षा त्यति धेरै नभएपनि लगातार भईरहेको थियो र पानी र तापक्रमको कारणले गर्दा त्यहाँ भएको पहिलो लेक फुट्यो, पहिलोबाट फुटेर दोस्रो तालमा गएर ठोकियो तल्लो ताल जुन ठूलो ताल थियो भूभाग कमजोर रहेछ र त्यसको मुख फुट्यो । मूल कारण भनेको नै तापक्रम बढ्नु हो । त्यसले गर्दा यो घटना घट्न गयो ।’

रक्षामन्त्री मानबीर राई, राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा, प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलर गृह मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसाल सगायतको टोलीले आज बिहान धामेबजार पुगी प्रभावित परिवारलाई नगद तथा जिन्सी राहत वितरण गर्नुका साथै स्थलगत अवलोकन तथा स्थानीयसँग अन्तरक्रिया गरेको थियो । पोखरेलले उक्त क्षेत्रको अवलोकन, स्थानीयसँग गरिएको अन्तरक्रिया तथा अन्य विभिन्न निकायको प्रारम्भिक जानकारीबाट थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा रहेका पाँचवटा हिमतालमध्ये सबैभन्दा माथि रहेको ताल फुटेर पानी तल रहेको अर्को तालमा खसेको र उक्त ताल पनि फुट्दा श्रृंखलाबद्ध प्रभाव परेको बताए ।

एकासी आएको बाढीले १३ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने १० वटा घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरि, एउटा विद्यालय भवन, एउटा स्वास्थ्य क्लिनिक र दुईवटा होटलमा पनि पूर्ण क्षति पुगेको छ । चुम्नु विजुली कम्पनीको उपाम क्षतिग्रस्त हुँदा बिद्युत उत्पादन बन्द भएको छ ।
त्यस्तै, सोताङ गापा–१ को दिप्लीघाटमा स्टोर गरिराखेको पुरानो बेलिब्रिजको सामान बगाएर लगेको छ भने माप्य दुधकोशी गा.पा.– १ अधेरीस्थित सुम्यु क्षेत्र जोड्ने दुधकोशी खोलाको रिटल दूस पुलको एकतर्फी भाग भास्सिँदा आवागमन बन्द भएको छ । हाल पानीको बहाव घटेको भए पनि तटीय क्षेत्रमा कटान भएकोले केही स्थानमा पहिरोको जोखिम रहेको छ ।

जल तथा मौमस विज्ञान विभागका अनुसार उक्त क्षेत्रनजिक रहेको फोर्स केन्द्रमा विगत सात दिनमा कुल ६५ मि. मि. वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा कमिक वृद्धि भई ९.७ बाट ११.० डिजी सेल्सियस पुगेको र साउन ३१ गतेको अधिकतम तापक्रम १५.१९ डिग्री सेल्सियस पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्