विराटनगरका जयकुमारलाई तस्करले फसाए , १० महिनादेखी न्यायको खोजीमा परिवार

<span class='c1'>विराटनगरका जयकुमारलाई तस्करले फसाए ,</span> <span class='c2'>१० महिनादेखी न्यायको खोजीमा परिवार</span>

प्रेम देवान
विराटनगर । विदेशमा कमाएको अलिकति पैसा र ऋण खोजेर विराटनगर ७ हाटखोलाका ४२ वर्षीय जय राईले बोलेरो गाडी किने । उनक‍ो त्यही गाडीक‍ो सहायताले ८ जनाको परिवार पालिदै थियो। बिरामी र बृद्धअवस्थाका आमाबुबा भएकोले दैनिक जीविको पार्जन सहज थिएन ।

उनले विराटनगरबाट पहाडी ईलाकामा तरकारी ढुवानी गर्दै आएका थिए । जसोतसो चलिरहेको दैनिकीमा उनी अचानक फसे । राईको गाडीमा तस्करी गरेर ल्याएको सामान बोकाएर फसाएपछि बिचल्ली भएको हो । दस महिनादेखि प्र.१–०४–००१ च ११० नम्बरको बोलेरो गाडी भन्सारको नियन्त्रणमा छ । २०८० साल कात्तिक ९ गते दशैको बेला विराटनगरबाट इटहरी जानको लागि विराटनगर–९ को गुद्री बजारमा ग्राहकलाई कुरेर बसिहरको थिए ।

त्यहाँ मोटरसाइकलमा आएका दुई जनाले गुडियाको १६ वटा पोको सलकपुर पु¥याइदिन राईलाई आग्रह गरे । भाडा लिने शर्तमा राईको गाडीमा विराटनगर १७ बाट १६ पोका सामान लोड भयो । सामान धनीका २ व्यक्ति भ्याट बीलका साथ बोलेरोमा चढेका थिए । राईको गाडी कंचनबारीमा पुगेपछि एपीएफका २ सादा पोशाकका प्रहरीले रोकी चेकजाँच गर्दा गाडीमा चढेका २ व्यक्ति भने हाम फालेर भागे।

गाडीलाई टंकीसिनुवारी स्थित एपीएफको कार्यालयमा ल्याइ पोको खोल्दा गुडियाको साटो ८ सय ३४ थान कुर्ता सुरूवाल फेला परेको थियो । एपीएफले सवारी र चालक राईलाई भन्सारमा बुझाइ दियो । विराटनगर–६ सरोचियाको ओमेक्स फेसनले मनकामना तयारी पोशाक सलकपुरको नाममा बील बिजक जारी गरेको थियो । सलकपुरमा प्रिया भन्ने दुर्गा घिमिरेको सामान थियो ।

यता सामानको धनी पत्ता नलागेपछि चालक राईलाई प्रहरीको हिरासतमा राख्यो । परिवारले जसोतसो ऋण खोजेर कात्तिक १२ गते भन्सारमा ८ लाख ५० हजार ६ सय रुपैयाँ बुझाएर चालक तथा सवारी धनी राईलाई छुटाए । तर बोलेरो भने भन्सारले छाड्न मानेन । भन्सार कार्यालयले सामान पठाउने विराटनगर १५ की गौरीदेवी साह तेली र दुर्गा घिमिरेलाई पक्राउ पुर्जी जारी गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दियो । दुर्गालाई ईलाका प्रहरी कार्यालय बेलबारी र साहलाई ईलाका प्रहरी कार्यालय रानीमा पक्राउ पुर्जीको लागि
पत्र पठायो । प्रहरीले १० महिनासम्म पनि खोजि कार्यमा चासो नदिएपछि राई र तिनका आफन्त लगातार दुर्गा र साहको खोजीमा लागे । राईले दुर्गाको विरूद्ध उजुरी हाले । सुन्दरहरैँचा–८ मा वडाध्यक्ष खेम न्यौपानेको उपस्थितिमा दुर्गाकी बहिनी प्रेम कुमारी तिम्सिना र राईबीच कात्तिक २४ गते सम्झौता भयो । सम्झौता अनुसार राईले ५ लाख ५० हजार ६ सय रूपैयाँ पाए र गाडी पनि छुटाइदिने गरी बाचा भयो । तर हालसम्म पनि राईले गाडी फिर्ता प्राप्त गर्न सकेका छैनन् । उनी भन्सार कार्यलयमा तारेख धाई रहेका छन् । दुर्गाका आफन्त, वडाध्यक्ष न्यौपानेले गाडी छुटाइदिन आलटाल गरेपछि पीडित बनेका परिवारले पत्रकार सम्मेलन गरेर न्याय मागेका छन् ।

भन्सारले माघ ७ गते दुर्गादेवी घिमिरे र गौरीदेवी साह तेलीका विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तस्करीको मालसामान किन्ने गिरोहमा सामेल दुर्गालाई प्रहरीले पक्राउ गर्न इच्छा देखाएको थिएन । कारण थियो दुर्गा घिमिरेले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको ठुलो साँठगाठमा तस्करी गर्दै आएकी छिन् ।

दुर्गा घिमिरे सहित भारतीय नागरिक मिथुन भनिने तस्करी मिलेर प्रहरीको तल्लो कर्मचारीदेखी माथिल्लो तह सम्म पैसा बुझाउने गरेका कारण प्रहरीले पक्राउ गर्ने आट र हिम्मत गरेन । त्यसपछि राई र तिनका आफन्तले आफैले खोजतलास गरेर दुर्गालाई जनै पूर्णिमाको दिन भदौ ३ गते कपडाको गोदमबाट फेला पारेर ईलाका प्रहरी कार्यलय बेलबारीमा बुझाएका थिए । त्यसबेला पनि राईका आफन्तलाई दुर्गा घिमिरेको परिवारले कुटपिट गरेर शरिरका विभिन्न अंगहरुम चोटपटक समेत लागेको छ । घाईतेहरुले ईलाका प्रहरी कार्यालयमा घिमिरेको समुह विरुद्ध उजुरी समेत दिएका छन् । यता बेलबारी प्रहरीले ३ गते एक रात ईलाकामा नै राख्यो । भदौ ४ गते मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठायो । त्यसपछि विराटनगर भन्सार कार्यालयले बुधबार दुर्गासँग बयान लिएर धरौटीमा छाडेको स्रोतको दावी छ ।

यता चालक राईका परिवारले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा हुदा भए भरको कमाईले गाडी टाटा किनेको र हाल गाडी पनि भन्सारमा फसेको हुनाले आफूलाई खान लाउन धौ–धौ परेको बताए । उनले तस्करीको सिन्डीकेटले आफूलाई फसाएको बताए । राईले पत्रकार सम्मेलनमा भनेका छन् , भन्सारले निश्पक्ष छानबीन गर्नु पर्ने र आफू दोषी पाइए सजाय भोग्न तयार भएको समेत बताए ।
यता ६६ बर्षिया वृद्धाआमा सिता राईले आँखाभरी आँखु पोख्दै भनिन् म विरामी मान्छे , अझ छोरालाई यसरी फसाएपछि त झन् म ब्रेन ट्युमारको पिडित भएकी छु’ हातखुटा लाग्दैन , महङ्गो महङ्गो औषधी किनेर खानुपरेको छ । आम्दानी हुने बाटो पनि विगत १० महिनादेखी बन्द छ हामीलाई न्याय चाहिएको छ ।

श्रीमती युदुमा राईले आफूहरू सर्वसाधारण भएको तर सोझासिधा श्रीमान् राई दुई नम्बरी मान्छेको चंगुलमा परेर हाल बेरोजगार झैं भएको बताइन् । विदेश पठाउनको लागी पनि भन्सार कार्यलयले तारेख धाउन लगाएका कारण केही गर्न नसकेको गुनासो गरिन् । न्यायकाृ लागि प्रहरी प्रशासन, मानवअधिकारकर्मी , सरोकारवाला निकाय ,सञ्चारकर्मी लगायत भन्सार कार्यालयसँग हारगुहार मागिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्