भैंसीसँग जुध्दा बाघको मृ*त्यु

<span class='c1'>भैंसीसँग जुध्दा</span> <span class='c2'>बाघको मृ*त्यु</span>

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ ।

बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको भैंसी गोठमा बाघ मृत फेला परेको हो ।

जस्ताको छानो भएको राईको गोठमा रहेको भैंसीसँग जुध्दा बाघको मृत्यु भए जस्तो देखिएको पर्सा वन्यजन्तु आरक्षण सुराक्षार्थ खटिएको नेपाली सेनाको टोलीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गोठमा रहेको भैंसीलाई पनि थोरै चोट लागेको तर अवस्था सामामन्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उक्त स्थानमा बाघ लगायत जंगली जनावरको आक्रमणले बेला/बेलामा क्षति हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्