त्रिविको सम्पति ठूला दुई दल मिलेर पार्टी अफिस बनाउँदा हुन्छ : सांसद सिंह

<span class='c1'>त्रिविको सम्पति ठूला दुई दल मिलेर पार्टी</span> <span class='c2'>अफिस बनाउँदा हुन्छ : सांसद सिंह</span>

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बेल्दै उनले दुई ठुला दलले त्रिभुवन विश्वविद्यालयलाई कव्जा गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘पढेलेखेको कारणले त्रिभुवन विश्वविद्यालयको जुन दशा दुई वटा दलले गर्नुभएको छ, म आग्रह गर्न चाहन्छु दुई वटा दलले आधा आधा सम्पति बाटौं र पार्टी अफीस बनाऔं । आधा कांग्रेस बाटौं आधा एमाले किनकी विद्यार्थी सबैलाई विदेश लखेटेकै हो यसै मौकामा दुई दलको सरकार छ जुन त्रिभुवन विश्वविद्यालयको ठुलो जग्गा छ त्यो आफ्नो पार्टीको नाममा दर्ता गर्नुस् ।’

उनले देश जनताको नभएर दलको भएको जिकिर गरे । उनले भ्रष्टाचारको मुदा्दमा हदम्याद गरेर अहिलेको सरकारले भ्रष्टाचारीलाई चोख्याँउन खोजेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्