झापा र उदयपुरबाट लागुऔषधसहित चार जना पक्राउ

<span class='c1'>झापा र उदयपुरबाट लागुऔषधसहित</span> <span class='c2'>चार जना पक्राउ</span>

विराटनगर । झापा र उदयपुरबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका-२ का २४ वर्षीय खुमराज भण्डारीलाई ५ ग्राम ब्राउन सुगर र दमक नगरपालिका-११ का २४ वर्षीय निलजङ बस्नेतलाई २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ५ प ८०९९ नम्बरको मोटरसाईकल चालक त्रियुगा नगरपालिका- ८ का २६ वर्षीय दिनेश कटुवाल र सोहि मोटरसाईकलमा पछाडी सवार २७ वर्षीय सन्देश कार्कीको साथबाट नियन्त्रित औषधी एम्पुल-३०, ट्याब्लेट ६८ र कोरेक्स १ बोतल फेला पारी नियन्त्रणमा लिईएको छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्