भ्रष्टाचारको मुद्दामा रविले भने : नो ईफ, नो बट, हाम्रो कुरा क्लियर कट

<span class='c1'>भ्रष्टाचारको मुद्दामा रविले भने :  नो</span> <span class='c2'>ईफ, नो बट, हाम्रो कुरा क्लियर कट</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुँने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुँने बताएका हुन् ।

उनले भने, ‘हिजो साँझदेखि मेरो टेलिफोन कलमा लगभग २ हजार भन्दा बढी कलहरु आएका छन् , धेरैजसो युवाहरुले फोन गरेका छन् , उनीहरुको भनाई थियो की भ्रष्टाचारको मुद्दामा यो पाँच वर्षे हदम्याद लगाउन जुन खोजिएको छ , म आफ्नो तर्फबाट र आफ्नो दलको तर्फबाट सिंगो सदनलाई र देशलाई जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँने छैन, नो ईफ, नो बट हाम्रो कुरा क्लियर कट । ’

उनले दलित अभियान्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै प्रकाउ गरेको विषय सह्य नहुँने बताए । उनले दलितहरुले आफ्नो हक माग्ने अधिकारलाई राज्यले दमन गर्न नहुँने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्