कोशी अस्पतालको क्यान्टिनमा अस्वस्थ्यकर खाना पाक्ने गरेको गुनासो

<span class='c1'>कोशी अस्पतालको क्यान्टिनमा अस्वस्थ्यकर</span> <span class='c2'>खाना पाक्ने गरेको गुनासो</span>

इन्दु साह
विराटनगर । कोशी अस्पताल परिसरभित्र रहेको क्यान्टिनको खाना अस्वस्थ्यकर र फोहोर हुने गुनासो बढ्दै गएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आगन्तुकहरूले क्यान्टिनको खानाको गुणस्तर र सरसफाइप्रति असन्तुष्टि जनाएका हुन् ।

विगत लामो समयदेखि अस्पताल परीसरमा निजी क्यान्टिन सञ्चालन गर्दै आएका ५० वर्षीय विनोद महतले दैनिक मःम, चाउमिन, समोसा, चार्ट लगायत अन्य फास्टफुड बिक्री वितरण गर्ने गरेको छ । अस्पताल परिसरको क्यान्टिनमा गुट्का, चुरोट जस्ता सुर्तीजन्य वस्तु समेत ग्राहकले सेवन गरेको पाईन्छ ।

खाजा बनाउने ठाउँमा सरसफाई नहुँदा यसले खानालाई समेत विषालु बनाउँछ । अस्पतासँग सम्झौता गरी क्यान्टिन संचालन गरिरहकेो बताए । अस्पताल जस्तो ठाउँको क्यान्टिनमा नाफा कमाउने हिसाबले मात्र संचालन गरेको देखिन्छ । यसमा अस्पतालको निगरानी नहुँदा बिरामी, कुरुवा र अन्य सेवाग्राही अस्वस्थ्यकर खाने कुरा खान बाध्य भएको गुनासो गर्दछन् । कसैले खाना खाजा, नास्ता बनाउने ठाउँ सफा छ छैन भनी हेर्न खोजे क्यान्टिनका संचालकले हप्काउने, ठुलो स्वरमा कराउने र क्यान्टिन बाहिर निकाल्ने गर्दछन् । यस्तै खाना खान आएका ग्राहकका अनुसार क्यान्टिनमा स्वस्थ्यकर खाना नभएको बताउँछन् । साथै, खाना तयार गर्ने वातावरण स्वच्छ नरहेको समेत उनीहरुको भनाई छ । यसले गर्दा बिरामीहरूको स्वास्थ्यमा थप जोखिम बढ्न सक्छ ।

उदयपुरबाट उपचारका लागि यस अस्तालमा आएकी ४८ वर्षीय अनिता साह उपचार गराउन आउँदा क्यान्टिनको खाना खान नसक्ने भएपछि बाहिरबाट मगाएर खाएको सुनाउँछिन् । क्यान्टिनमा फोहोर देखेपछि खान नसक्ने जस्तो लाग्यो, अनि बाहिरबाट ल्याएर खाएँ, उनले भनिन्–कति फोहोर !

कोशी अस्पताल प्रशासनका अधिकारीहरुले भने उक्त क्यान्टिन निजी भएको र सम्झौता नविकरण नभएको बताए । अस्पताल परिसरमा निजी क्यान्टिन चलाउन दिएर केहि कर्मचारीहरुले बद्मासी गरेको आशंका समेत गरिएको छ । अस्पतालसंग कुनै सम्झौता नभएकोले खाद्य गुणस्तर र सरसफाइको मापदण्डको अनुगमनको अधिकार नभएको भन्दै पन्छिने गरिएको छ । यद्यपी सरकारी सम्पती भित्र निजी क्यान्टिन चलाउन दिएर अस्पताल प्रशासनले अधिकार छैन भन्न मिल्दैन ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रवि राज सिंहले क्यान्टिन सञ्चालनका लागि दुई पक्षीय सम्झौता नभेटिएको बताए । उनले आफू दुई महिना मात्रै अगाडीदेखि जिम्मेवारीमा रहेको बताउँदै पन्छिने जवाफ दिएका छन् । तर, उनी यस अगाडी समेत एक पटक मेसुको जिम्मेवारीमा नियुक्त भईसकेका थिए । अस्पताल परिसरमा कसैको प्रभावमा निजी क्यान्टिन चलाउन दिएर सबै मै चुप तै चुप भएको एकजना कर्मचारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्