राधाकृष्ण रथ यात्राका लागि विराटनगर महानगरको सरसफाई अभियान सुरु

<span class='c1'>राधाकृष्ण रथ यात्राका लागि विराटनगर</span> <span class='c2'>महानगरको सरसफाई अभियान सुरु</span>

विराटनगर । ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्राको तयारी स्वरूप विराटनगर महानगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ।

लाखौं भक्तजन र आन्तरिक पर्यटकहरूको आगमनलाई मध्यनजर गर्दै महानगरले सरसफाई अभियान सुरु गरेको हो।

रथ गुड्ने मार्ग र भक्तजनहरू आउने मुख्य सडकहरूमा विशेष ध्यान दिइएको विराटनगर महानगरका सरसफाई शाखाका प्रमुख पुनम दाहालले बताए।

केशलिया मार्ग, देवकोटा चौक र चाँदनी चौक मार्ग लगायतका क्षेत्रमा सडक, नाला र पेटीहरूको सफाई तीब्र गतिमा भईरहेको तथा सरसफाईमा महानगर कडाइका साथ प्रस्तुत हुने विराटनगर महानगरपालिकाले जनाएको छ।

प्रमुख दाहालका अनुसार सरसफाई कार्य भदौ १० गतेसम्म पूरा हुने लक्ष्य छ। पानी, जुस लगायतका सामग्री वितरण गर्ने व्यक्तिहरूलाई पनि व्यवस्थित तरिकाले काम गर्न महानगरले आग्रह गरेको छ।

यसैबीच, सरसफाईको ठेक्का पाएका कम्पनीहरूले आ-आफ्नो क्षेत्रमा काम गरिरहेका छन् । महानगरलाई चिटिक्क बनाउन विराटनगरमा चार्डपर्व नै आउनुपर्ने देखिन्छ । अन्य समयमा सम्भव नहुने सरसफाई अहिले तीब्र गतिमा भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्