संविधान संशोधन गर्न सबैले आँट गर्नुपर्छ : प्रधानमन्त्री ओली

<span class='c1'>संविधान संशोधन गर्न सबैले आँट</span> <span class='c2'>गर्नुपर्छ : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमनत्री केपी शर्मा ओलीले, संविधान संशोधनको विषय एउटाको आँट अर्कोले हेर्ने विषय नभएको भन्दै सबै मिलेर आँट गर्नुपर्ने बताए ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानमा संशोधनको कुरा आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने बताए । उनले संविधान संशोधनको आँट सबै मिलेर गर्नुपर्ने बताए ।

उनले भने,‘संविधानमा संशोधनको कुरा गर्दा आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो । त्यसमा सरकारको मात्रै होइन, सम्मानीत संसद्को पनि आँट चाहिन्छ । एउटाको आँट अर्कोले हेर्ने विषय होइन, सबै मिलेर आँट गर्ने विषय हो ।’ विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिने र पूणर् सदुपयोग गर्ने सरकारले नीति अवलम्वन गर्ने बताए ।

उनले भने,‘जिल्ला सदरमुकाममा हालका दिनमा प्रदेशको उपस्थितिले समेत गर्दा थप बजार क्षेत्रको रुपमा विकास भइरहेका छन् । विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिन र पूणर् सदुपयोग गर्ने नीति सरकारले अवलम्वन गर्नेछ ।’
सरकारले वित्त नीति र मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल बढाउने,सम्पन्न भएका आयोजनाहरुका भुक्तानी दिनुपर्ने लगायतका कार्ययोजना बनाई काम गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्