श्री अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना गर्ने

<span class='c1'>श्री अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले श्रीकृष्ण</span> <span class='c2'>जन्माष्टमी महोत्सव आयोजना गर्ने</span>

विराटनगर । श्री अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कन) प्रभुपाद विराटनगर शाखाले यस वर्षको श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ। भदौ १० गते सिटी प्यालेस न्यूरोड विराटनगर ९ मा आयोजना हुने यस कार्यक्रममा हजारौं भक्तजनहरूको सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ।

कार्यक्रमका मुख्य आकर्षणहरूमा श्रीधाम जगन्नाथपुरीबाट पधार्नु हुने परम पुजय भक्ति निलाचल स्वामी महाराजज्यूको विशेष उपस्थिति रहनुका साथै उहाँले कृष्ण कथा प्रवचन गर्ने कार्य तालिका रहेको आयोजकले जनाएको छ।

इस्कन प्रभुपादले यस वर्षको जन्माष्टमी महोत्सव विशेष रूपमा आध्यात्मिक र सांस्कृतिक कार्यक्रमहरूले भरिपूर्ण हुनेछ। ईस्कन प्रभुपाद विराटनगरका अध्यक्ष वसन्त पराख गुरुङले सबैलाई यस पवित्र अवसरमा सहभागी हुन आग्रह गरेका छन्।

कार्यक्रममा अभिषेक, आरती, महायज्ञ, महाप्रसाद वितरण, कृष्ण लीला प्रदर्शन, कीर्तन, नाटक प्रस्तुति र गुरुकुलका बालबालिकाहरूद्वारा गीता पाठ जस्ता विविध गतिविधिहरू हुनेछन्। कार्यक्रम बिहान ७ बजेदेखि मध्यरात १२ बजेसम्म चल्नेछ।

इस्कनका संस्थापक श्रील प्रभुपादले सुरु गरेको परम्परा अनुसार यो महोत्सव विश्वभरका इस्कन मन्दिरहरूमा मनाइन्छ। विराटनगरमा यो कार्यक्रम वार्षिक रूपमा आयोजना हुँदै आएको छ र यसले स्थानीय समुदायमा ठूलो महत्त्व राख्दछ।

आयोजकहरूले सुरक्षा र व्यवस्थापनका लागि विशेष तयारी गरेका छन् र सबै सहभागीहरूलाई शान्तिपुर्ण र आनन्दमय वातावरणमा कार्यक्रम मनाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्