पाँचौं संस्करणको पूर्वाधार सम्मेलन भदौ २७ र २८ गते हुने

<span class='c1'>पाँचौं संस्करणको पूर्वाधार सम्मेलन भदौ</span> <span class='c2'>२७ र २८ गते हुने</span>

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण भदौ २७ र २८ गते काठमाडौंमा हुने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजक एवं लगानी बोर्डको कार्यालय र वाइसीएनसी सहआयोजक रही नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण गर्न लागेको जानकारी दिइएको हो ।

पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ को थीम रणनीतिक लगानीमार्फत दिगो विकास रहेको छ । सम्मेलनमा पूर्वाधारका लागि लगानी प्रबर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ । ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, उर्जा, शहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुनेछ । छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेका देशका विज्ञहरु, लगानीकर्ताहरुको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीबाट उदघाटन हुने सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, महानगरपालिकाका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरुबाट प्रस्तुती हुनेछ ।
यसको साथै, सम्मेलनमा विभिन्न प्रदेश तथा महानगरपालिकाहरुले अगाडि बढाएका परियोजनाहरुको प्रोजेक्ट सोके पनि हुनेछ । सम्मेलनको टाइटल स्पोन्सरमा बीवाईडी रहेको छ भने पावर्डबाई शिवम सिमेन्ट रहेको छ ।

दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको छ । सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, युथ कम्यूनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्