खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजकुमार राईको ९ वर्षीय छोरा राज राई र टंकराम राईको ११ वर्षीय छोरा अर्जुन राई रहेका छन् ।
शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको थियो।
कानुनी प्रकृया तथा घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल