दुर्घटनामा मृत्यु भारतीयहरुको शव बुझ्न राज्यमन्त्री खड्से काठमाडौंमा

<span class='c1'>दुर्घटनामा मृत्यु भारतीयहरुको शव</span> <span class='c2'>बुझ्न राज्यमन्त्री खड्से काठमाडौंमा</span>

काठमाडौं । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुगेकी छिन् ।

तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्य अवस्था बुझ्न काठमाडौं नेपाल आएकी हुन् ।

काठमाडौं आएलगत्तै उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रुको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । यस्तै १६ जना घाइतेको उपचार भइरहेको छ ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ जना यात्रु सवार थिए ।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षण सकिएपछि आजै राज्यमन्त्री खड्सेको नेतृत्वमा दुर्घटनामा ज्यान गुमाएको शव भारत लगिने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रमेश लेखकको सचिवालयका जन भट्टका अनुसार भारतीय टोलीसँग गृह मन्त्रालयमा ब्रिफिङ गरिनेछ ।

‘गृह मन्त्रालयमा घटनाबारे ब्रिफिङ गरिने छ । त्यसपछि भारतीय टोली भरतपुर जाने र त्यहींबाट भारतीय एयरक्र्याफ्टले शवहरु लिएर भारत फर्किने तालिका छ,’ भट्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्