घाइतेहरुको उपचारमा कमी हुने छैन् : गृहमन्त्री लेखक

<span class='c1'>घाइतेहरुको उपचारमा कमी हुने</span> <span class='c2'>छैन् : गृहमन्त्री लेखक</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखक तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिएका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरुको जानकारी लिएका हुन् ।

शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पुगेका हुन् ।
सोही क्रममा गृहमन्त्री लेखकले घटना दुखद् भएपनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताए। उनले भने, ‘सडक दुर्घटनाहरु धेरै भइरहेका छन् । यही सिलसिलामा भारतबाट पर्यटकका रुपमा आउनु भएका मानिसको दुर्घटनामा मृत्यु भयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैले मेहेनतका साथ उद्धार गरेर केही मानिसलाई बचाउन सफल हुनु भएको छ ।’
यस्तै, उनले घाइतेहरुको उपचार भइरहेको भन्दै केहीको अवस्था गम्भीर र केहीको अवस्था सुधारात्मक रहेको बताए ।

शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्