‘मानव तस्कर’को झुटो आरोप लगाएको प्रति उपसभामुखको दु:खेसो

<span class='c1'>‘मानव तस्कर’को झुटो आरोप</span> <span class='c2'>लगाएको प्रति उपसभामुखको दु:खेसो</span>

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेको बताएकी छिन् ।

लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ डिस्ट्रिक्ट ३२५ जि अन्र्तगत ११ वटा लायन्स क्लब र लियो क्लबहरुको शनिबार काठमाडौमा भएको संयुक्त पदस्थापन तथा सपथग्रहण कार्यक्रममा बोल्दै उपसभामुख रानाले बाल संरक्षण कानुन स्पष्ट नरहेको बताएकी हुन् ।

‘बालसंक्षण कानुन स्पष्ट छैन, सबै बालबालिका समेट्ने कानुन जरूरी छ,’ उनले भनिन । दृष्टिविहिन, अभिभावक गुमाएका, बाबुआमा जेल परेका बालबालिकाको पनि राज्यले संरक्षण गर्नेगरी एकीकृत कानुन बनाउनुपर्ने उनको भनाइ थियो । यसैका लागि आफू राजनीतिमा आएको र पहल गरिरहेको रानाले जानकारी गराइन ।

उनले बालबालिकाका लागि सबैभन्दा प्यारो आफ्ना बाबुआमाको माया र ममता आवश्यक भएको बताइन् । आफ्ना बाबु आमाको मायाले नै बालबालिकाले ब्यक्तित्व बिकास गर्न सक्ने र गलत बाटोमा जानबाट रोक्न सकिन्छ उनको भनाई थियो ।
लायन्स क्लबहरुको सामाजिक सेवा भावले आफू जहिल्यै प्रभावित भएको बताउँदै सामाजिक सेवा जस्तो ठुलो धर्म र पुण्यको काम अरु हुनै नसक्ने उनले बताइन । सबै सामाजिक संस्थाहरुले आफ्नो संस्थागत कामहरु पारदर्शी र सेवा भावका रुपमा काम गर्न आग्रह गर्दै सामाजिक क्षेत्रमा काम गर्दा कहिल्यैकाँही अपजस आउन सक्ने खतरालाई त्यसले चिर्छ भनिन्।
जेलमा रहेका बाबुआमाका सन्तानलाई बैधानिक रुपमा र प्रकृया पुर्याएर आफूले संरक्षण र शिक्षा दिक्षा दिंदा मानव तस्करको झुटो आरोप लगाएको बताउँदै उनले जुन बालबालिका बेचिएको भनिएका छन उनीहरु नेपालका राम्रा कलेजमा उच्च शिक्षा लिइरहेको अवस्थामा भेटिएका छन, यो नै आरोप लगाउनका लागि झापड हो भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्