वर्तमान सरकारले उत्कृष्ट काम गरेर देखाउँछ : मन्त्री सिंह

<span class='c1'>वर्तमान सरकारले उत्कृष्ट काम गरेर</span> <span class='c2'>देखाउँछ  : मन्त्री सिंह</span>

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले अगाडिको सरकार भन्दा उत्कृष्ट काम गरेर देखाउने बताएका छन् । त्यसका लागि योजना अनुसारका काम अगाडि बढाइरहेको बताएका छन् ।

आइतबार वर्तमान अवस्थामा आपुर्ती व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले भने, ‘वर्तमान सरकार कांग्रेस एमालेलगायत अरु दलहरु मिलेर बनेकाले सुशासनदेखि हरेक कुरामा राम्रो गरिरहेको छ । अझै अगाडिको सरकारको अवस्था भन्दा राम्रो सुधार गर्नको लागि काम अगाडि बढाउँदैछौं ।’ उनले उपभोक्ताको जीवन सहज गर्न बजारमा देखिएका आपूर्ति सिस्टममा देखिएका कमीकमजोरीलाई हटाउनुपर्ने धारणा व्यक्त गरे । उनले बजारमा देखिएका समस्यालाई सरकारले समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्