मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि झापाका सन्तोष लक्समलाई

<span class='c1'>मिस्टर नेपाल वर्ल्ड–२०२४’ को</span> <span class='c2'>उपाधि झापाका सन्तोष लक्समलाई</span>

विराटनगर साउन ९ , झापाका सन्तोष लक्समले ‘मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि जितेका छन् । शनिवार राति काठमाडौंको सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा सन्तोषले ३८ जना युवाहरुलाई पछि पार्दै मुख्य उपाधिमा कब्जा जमाएका हुन् । प्रतियोगितामा मिस्टर नेपाल वर्ल्डको उपाधि विजेता लक्समले अब ‘मिस्टर वर्ल्ड २०२४’ अथवा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अवसर पाउने आयोजक संस्थाले जनाएको छ ।

पूर्वी नेपालको झापाबाट मणि निरौला तथा सन्तोष लक्समले मिस्टर नेपालमा भाग लिएका थिए भने मोरङका सागर घिमिरे (विराटनगर), पिन्टु सान्याल (विराटनगर), सोहज खान (विराटनगर), सागर घिमिरे (विराटनगर) तथा प्रकाश चौहान (पथरी) ले प्रतिस्पर्धा गरेका थिए । सुनसरीबाट अग्रज श्रेष्ठ तथा आदेश प्रधान (धरान) ले यो प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा सप्तरी (राजविराज) का सुशान्त कुमार दास, जनकपुरका सञ्जय मण्डल र राजेश झा, हेटौंडाका आयुष बमजोम तथा उमंग आचार्यले प्रतिस्पर्धामा भाग लिएका थिए । यो प्रतियोगितामा चितवनका विपन श्रेष्ठ, पोखराबाट अशोक बिक, सुशान्त पौडेल र समीर तिमिल्सिना, लमजुङबाट मनोज गुरुङ, रसुवाबाट सरोज तामाङ मोक्तान, बुटवलका आविष्कार खड्का, दाङका स्वस्तिक देवकोटा, नेपालगञ्जबाट सत्यनारायण चौधरी, सुभम बर्नवाल, अनिकेत प्रजापति तथा विश्व बराइली, कैलालीबाट राहुल रावल तथा धनगढीबाट दिपेश चौधरीले प्रतिस्पर्धामा भाग लिएका थिए ।

सबै प्रतियोगिहरु स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणसहित फाइनलमा उत्रिएका थिए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्