बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गरौं : प्रधानमन्त्री ओली

<span class='c1'>बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट</span> <span class='c2'>विस्तार गरौं : प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औँ सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन् ।

उनले नेपालीको चेतना, गौरव र इतिहाससँग विश्वविद्यालय जोडिएकाले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए । ‘बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन । यसका लागि ज्ञान र मन चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने,‘हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ । जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ । दृढ़ अठोट र निरन्तर प्रयासबाट विकास हासिल गर्न सक्छौं र सफलतामा पुग्न सक्छौं ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मंसिरमा हुने तेस्रो दीक्षान्तका लागि २८५ विद्यार्थीको ग्रेस लिष्टका साथै यस आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्