विराटनगरमा रथ गुड्ने सडकका खाल्डा टालटुल

<span class='c1'>विराटनगरमा रथ गुड्ने</span> <span class='c2'>सडकका खाल्डा टालटुल</span>

इन्दु साह
विराटनगर । विराटनगरमा आगामी मंगलबार हुने रथयात्राको तयारी तीव्र रूपमा अघि बढेको छ। यस क्रममा विराटनगर महानगरपालिकाले रथ गुड्ने मार्गमा रहेका खाल्डाखुल्डी टालटुल पार्ने काम गरेको छ । राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तिनपैनी, बजार, रोडशेष, बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमै फर्कने मार्ग तय गरिएको छ ।

रथयात्रा हुने मार्गका सडकहरूलाई विशेष प्राथमिकतामा राखी मर्मत गरिएको छ। यो कार्य हरेक वर्ष रथयात्रालाई मध्यनजर गरेर हुने गरेको छ । यस पटक नौ स्थानका खाडल पुर्नेकाम भएको हो ।

महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार अहिले सडकका खाल्डाखुल्डी पुरेर बेस तयार गरिएको छ। यसले रथयात्रालाई सहज बनाउनेछ। तर पिच गर्ने काम भने रथयात्रा सम्पन्न भएपछि मात्र गरिनेछ। रथयात्राको लागि सडक मर्मत एक महत्त्वपूर्ण पाटो हो। यसले रथ तान्ने कार्यलाई सहज बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्