विराटनगरका लागि उडेको जहाज चन्द्रगढीमा आकस्मिक अवतरण

<span class='c1'>विराटनगरका लागि उडेको जहाज</span> <span class='c2'>चन्द्रगढीमा आकस्मिक अवतरण</span>

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट बिराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो ।

विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले जानकारी दिए । दिउसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ नै उडेको उनले बताए । मुख्यमन्त्रीसहित अरु यात्रुहरु चन्द्रगढी बिमानस्थलमा बिमानभित्रै बसेका थिए । बिमानमा चालक दलसहित ७० जना यात्रु रहेका थिए । विमान आधा घण्टापछि बिराटनगरमा अवतरण भइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्