धमला सामाजिक सेवा प्रतिष्ठानद्वारा तीज विशेष कार्यक्रमको आयोजना

<span class='c1'>धमला सामाजिक सेवा प्रतिष्ठानद्वारा</span> <span class='c2'>तीज विशेष कार्यक्रमको आयोजना</span>

विराटनगर । धमला सामाजिक सेवा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले शनिबार प्रतिष्ठानको केन्द्रीय कार्यालयमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा उल्लेख्य संख्यामा दिदीबहिनी तथा चेलीबेटीहरूको सहभागिता रहेको थियो।

प्रतिष्ठानकी केन्द्रीय सदस्य गीता सापकोटा धमलाको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो। कार्यक्रममा शुभकामना आदानप्रदान, संगिनी नृत्य, म्युजिकल चेयर लगायतका खेलहरू सञ्चालन गरिएको थियो। यसका साथै सहभागीहरूले आफ्नो परम्परागत भेषभुषा प्रदर्शन गरेका थिए।

यस तीज विशेष कार्यक्रमले महिलाहरूबीच एकता र सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पुर्‍याएको छ। धमला सामाजिक सेवा प्रतिष्ठानले यस्ता कार्यक्रमहरू मार्फत समाजमा सकारात्मक प्रभाव पार्ने प्रयास गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्