थकाली चामलको उत्कृष्ट बिक्रेतालाई उद्योगको सम्मान

<span class='c1'>थकाली चामलको उत्कृष्ट</span> <span class='c2'>बिक्रेतालाई उद्योगको सम्मान</span>

विराटनगर । विराटनगरको सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगले थकाली ब्रान्डको चामल विक्री गर्ने उत्कृष्ट विक्रेतालाई पुरस्कृत र सम्मान गरेको छ । मोरङको विराट चौकमा पर्ने नेपाली रिका होटलमा भएको विक्रेता सम्मेलनमा उद्योगका निर्देशकद्वय राजेन्द्र अग्रवाल र राजेश अग्रवालले उत्कृष्ट विक्रेतालाई सम्मान गरेका हुन् ।

उद्योगको कोशी प्रदेशभरिका ३५० विक्रेतामा थकाली चामल विक्री गर्नेमा विराटनगरको विकानेर ट्रेडर्सका विकास चौरडिया पहिलो भएका छन् । त्यस्तै दोस्रोमा इटहरीको आशिष् ट्रेडर्सका दिलीप मोहता र तेस्रोमा धरानको एमएम ट्रेडर्सका मुरलीधर डागा छन् । उद्योगका सञ्चालकद्वयले तीन जनालाई नै विभिन्न उपहार प्रदान गर्दै खादा, माला र सम्मानपत्रले सम्मान गरे । सोही कार्यक्रममा अन्य उत्कृष्ट २४ विक्रेता पनि सम्मानित भएका थिए ।

विक्रेता सम्मेलनमा हाउजी पनि खेलाइएको थियो । यसमा शुभम् किराना विराटनगरका मनोज अग्रवाल र माता कालिका ट्रेडर्स इटहरीका मदन धिताल लगायतका विक्रेता पुरस्कृत भए । कार्यक्रममा सञ्चालक राजेन्द्रले भदौ, असोज र कात्तिक गरी ३ महिनामा १ हजार ५० बोरा थकाली चामल विक्री गर्नेलाई ४ दिनको थाईल्यान्ड भ्रमण र वासिङ मेसिन, ७५० बोरा विक्री गर्नेलाई ४ दिने थाइल्यान्ड भ्रमण, ५०० बोरा विक्री गर्नेलाई वासिङ मेसिन र २५० बोरा विक्री गर्नेलाई फ्रिज दिने घोषणा गरे ।

उनले आफूले ८ वर्षअघि युरोप भ्रमणमा जाँदा लङ ग्रेन चामलको भात पहिलो पटक खाएको बताए । उनले भने, ‘भात स्वादिलो थियो । यसपछि मैले होटेलको व्यवस्थापनसित सम्पर्क गरेँ । होटल म्यानेजरले यो चामल भारतको केरलबाट आउँछ भनेपछि मैले चासो दिएँ र युरोपबाट फर्कनेबित्तिकै केरल पुगेँ ।’

अग्रवालका अनुसार भारत सरकारले नै निर्यात बढाउन लङ ग्रेन धानको खेतीलाई प्रवर्धन गरेको हो । सरकार निर्देशित र निर्यातमूलक भएका कारणले यसको खेतीलाई पूर्णतः अग्र्यानिक बनाइएको छ । त्यस्तै अन्य जातको भन्दा लङ ग्रेन चामलको भातमा फाइदा छ । किनकि अन्य जातको १५० ग्राम चामल पकाउँदा जति भात हुन्छ लङ ग्रेनको १ सय ग्राम चामल पकाउँदा त्योभन्दा बढी हुन्छ । त्यसैले यो चामलको उपभोग गर्दा फाइदा छ । उनले भारतको केरल प्रदेश घुमेर लङ ग्रेन चामलबारे जानकारी लिएपछि यसको आयात गर्न थालेको र थकाली ब्रान्डमा बजारीकरण गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्