रथ यात्रामा व्यवसायीक विज्ञापन प्रचारमा रोक

<span class='c1'>रथ यात्रामा व्यवसायीक</span> <span class='c2'>विज्ञापन प्रचारमा रोक</span>

विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्राका दिन व्यवसायीक विज्ञापन प्रचार प्रसारमा आयोजक समितिले रोक लगाएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात भदौ ११ गते मंगलबार दिउँसो ३ः३० बजे विराटनगरमा रथयात्रा निकालिने तयारी पुरा भएको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ।

रथ यात्राको दिन उद्योगी व्यवसायीले आ–आफ्ना उत्पादनको प्रचार प्रसार गर्दै आएका छन्। रथयात्रा निस्किसके पछि रथ यात्रा टोलीमै ब्यानर राखेर आफ्ना उत्पादनको प्रचार प्रसार गर्ने वर्षौदेखि चलिरहेको परम्परालाई यस पटक भने रथ यात्रा आयोजक समितिले प्रतिबन्ध लगाएको आयोजक समितिका सचिव कृष्ण बहादुर कार्कीले जानकारी दिए। उक्त समितिले विशुद्ध धार्मिक कार्यक्रममा व्यवसायीक विज्ञापन गर्न नपाउने निर्णय गरेको छ। साथै रथयात्रा निस्किसकेपछि विराटनगरको सडक पेटीमा पानी र सर्वत खुवाउँदा सकभर उद्योगी व्यवसायी र विभिन्न सामाजिक संघ संस्थाहरुलाई ब्यानर राखेर प्रचार प्रसार नगरिदिन रथयात्रा व्यवस्थापन समितिले अनुरोध गरेको छ।

गाडीमा पानी हालेर ब्यानर राख्ने,टि(सर्टमा विभिन्न किसिमका प्रचार हुने बस्तु उल्लेख गर्न नपाइनुका साथै कुनैपनि प्रचार प्रसार सामग्री नराख्न उनले अनुरोध समेत गरे। रथ यात्रामा कुनै पनि प्रचार प्रसारका सामाग्री राखिएको पाएमा जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरीले हटाउने तथा अटेरी गरेर प्रसार गर्न खोज्नेलाई नाम टिपेर राख्ने र उजुरी गर्ने रथ संचालन तथा झाकी उपसमितिका संयोजक सुरेश जायसवालले बताए। हालसम्ममा ७५ वटा झाकी दर्ता भएका छन्। दर्ता भएका झाकीले मात्रै झाकी निकाल्न र प्रचार गर्न पाउने उनले बताए।
५६ औं संस्करणको रथयात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र विराटनगर महानगरपालिकाका नागेश कोइरालाले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुने आयोजकले जनाएको छ ।

यसपटकको रथको मध्यभागमा युगलजोडी भगवान् श्रीराधाकृष्णलाई आरूढ गराई ५ जना पंडितको समुह, प्राविधिक १ जना, कमिटिको तर्फबाट १ जना गरी ७ जना रथमा रहने व्यवस्था गरिएको छ । उक्त रथको अग्र भागमा विभिन्न जातजाती, सम्प्रदाय, धर्म एवम् संस्कृति झल्कने झाँकी एवम् भजन मण्डलीहरूको ताँती रहने जनाइएको छ । रथ यात्रामा प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाईको छ जसको लम्वाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । यस रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठ्ठा ९डोरी० रहने छ । जसलाई दायाँ पट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनहरूले लठ्ठा समाई उक्त लठ्ठालाई तानी रथ सञ्चालन गर्ने परम्परा रहि आएको छ । यस वर्षको रथयात्रा समारोहको मुख्य आकर्षण रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्ट गुच्छा वर्षाइने मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।

विराटनगरको श्रीराधाकृष्ण रथयात्रा भारतको जगन्नाथपुरी पछि दक्षिण एसियाकै सबैभन्दा ठुलो रथयात्रा मानिएको छ । यसपटकको रथयात्रामा नेपाल र भारतका ५ लाख भन्दा बढी भक्तजनहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्